गाउँमा चर्पी बनाउन खटिए धुर्मुस र सुन्तली

नुवाकोटको विकट मानिने ओखरपौवा गाविसमा तामाङ जातीको वाहुल्यता बढी छ । यी दुई गाँउमा झण्डै २ सय ४० घर छन् । एउटा निम्न माध्यमिक विद्यालय छ ।
यस अघि ५ जनाको घरमा र विद्यालयमा ३ गरी ८ वटा चर्पी वाहेक कसैको घरमा पनि चर्पी थिएन ।
चर्पी प्रयोग नगर्ने गाँउ थाहा पाएपछीसरसफाई दुत सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ सहितका कलाकार यी दुई गाँउमा चर्पी बनाउन ३ दिन अघि मात्रै आएका हुन् । लगत्तै आज मध्यान्न स्वास्थ्य परीक्षण गर्न भन्दै स्वास्थ्यकर्मी टोली यहाँ आयो ।
सबै खुला रुपमा खेतबारी, डाँडापाखामा दिशापिसाव गर्ने गर्थे । सरसफाईका दृष्टिकोणले पनि अति पिछडीएका यि २ गाँउमा चर्पी बनाउनु पर्ने सचेतना मुलक अभियान थाल्ने योजना हुँदै थियो, भुकम्पले घर भत्कायो, त्यसपछी धुर्मुस र सुन्तली आएर चर्पी बनाइदिए खुसी लाग्यो, जिल्ला जनस्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख विश्वराम श्रेष्ठले भने ।
पहिले घर कि, चर्पी भन्ने प्रश्न गरिए पनि खानापछी स्वास्थ्यका दृष्टिकोणले पहिले चर्पीको आवश्यकता पर्छ श्रेष्ठले थपे ।
जनस्वास्थ्य कार्यायका अनुसार नुवाकोटमा १ नगरपालीका र ६१ गाविस मध्ये हालसम्म ३ वटा गाविस मात्रै खुला दिसा मुक्त घोषण भएका छन् । बस्ने घर नै नभएपछी पहिले चर्पी कसरी बन्थ्यो ।
तर सरसफाई अभियानमा लागेका सरसफाई दुत धुर्मुस र सुन्तली सहितका कलाकारहरुले सरसफाईका दृष्टीकोणले पछाडी परेका यी २ गाँउमा आफै श्रमदान गरी घर नजिक चार फिट गहिरो खाल्डो खनेर ढुंङ्गाको गाह्रो लगाई, सिमेन्टेड ढलान, ट्वाईलेट सीट, ग्रील र पर्दाको भित्ता छानो सहितको ४० वटा चर्पी बनाईरहेएका छन् ।

Share on Google Plus

About rita lama

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment