बिजुलीको तारमा ठोक्किएर सिन्धुपाल्चोकको यमुनाडाँडामा माउन्टेन एयरको हेलिकोप्टर दुर्घटनामा

बिजुलीको तारमा ठोक्किएर हेलिकोप्टर दुर्घटना,विदेशी महिलासहित चारको मृत्यु !!

सिन्धुपाल्चोकको यमुनाडाँडामा माउन्टेन एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ। यमुनाडाँडा ८ स्थित शिलापर्बतमा बिजुलीको हाइटेन्शन लाइनमा ठोक्किएपछि हेलिकोप्टर आगोको मुस्लोसहित जंगलमा खसेको थियो।
माउन्टेन एयरको नाइन एन-एजेपी हेलिकोप्टर दुर्घटना हुँदा हेलिकोप्टरमा सवार क्याप्टेन सुबेक श्रेष्ठ र एक विदेशी महिलासहित चारजनाको मृत्यु भएको छ।
सिन्धुपाल्चोक र दोलखाका भूकम्प प्रभावित क्षेत्रमा औषधीसहितको राहत पुर्‍याएर काठमाडौं फर्किने क्रममा हेलिकोप्टर दुर्घटनामा परेको हो। हेलिकोप्टरबाट चार जनाको शव निकालिएको प्रारम्भिक जानकारी आएको छ। मृत्यु हुनेमा एकजना डच महिला डाक्टर पनि छन्।
कोदारी राजमार्गको बलेफी बजारबाट पारिको यमुनाडाँडा ८ स्थित शिला पर्बत जंगलमा हेलिकोप्टर ठूलो आवाजसहित आगो लागेर खसेपछि स्थानीयले प्रहरीलाई खबर दिएका थिए।सेनासहितको सुरक्षाकर्मीको टोली घट्नास्थलमा पुगेको र उद्धारको काम सुरु भएको सिन्धुपाल्चोक जिल्लाका डिएसपी दीपक खरेलले बताए। हेलिकोप्टरबाट चार जनाको शव निकालिएको प्रारम्भिक जानकारी आएको छ।
Share on Google Plus

About Online Tamang Society

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment