धर्म कर्ममा विश्वास गर्नेहरु सफल हुन्छन

पूजा–पाठ गर्ने र धार्मिक आयोजनाहरुमा सामेल हुनाले तनावको स्तरमा कमी आउने गर्दछ । बेलर युनिभर्सिटीका सोधकर्ताहरुका अनुसार यसको असर अफिसमा मानिसहरुको प्रस्तुती पनि राम्रो देखिने गर्दछ ।

त्यस्ता मानिसहरु काममा ध्यान मात्र लगाउने नभई उनीहरुको उत्पादन क्षमतामा बृद्धि हुनाले प्रोमोशन र तलवमा वृद्धिको सम्भावना बढ्ने बताइएको छ । शोधकर्ताले एक हजार कर्मचारीहरुको कार्य क्षमतामा धर्म या अध्यात्मको असरको बारेमा जाँच गरे ।
विज्ञानले पनि स्वीकारेको कुरा हो कुनै पनि भगवानलाई पुजा गर्नु वा भगवानलाई आत्मादेखी देखी मान्नु मस्तिस्कलाई एकदम फाइदाजनक कुरा हो । किनकी मानिसले मस्तिष्कलाई एकाग्रता गर्नकालागि ध्यान गर्दछ । ध्यान गर्दा पनि केन्द्रीत हुन कति मिनेट लाग्छ, अझ कतिपयको त ध्यान एकत्रित नै हुदैन । तर, हामी भगवानको अगाडी हात जोडेर उभिदा वा आँखा चिम्म गरेर भगवानलाई सम्झदाँ सबै कुरा मस्तिष्कबाट हट्छ र हामी भगवान प्रतिनै ध्यान केन्द्रीत हुन्छौँ र हामीलाई आध्यात्मिक शक्ति प्राप्त हुन्छ । मानिसले मनोवैज्ञानिक रुपमा पनि भगवानलाई ढोगेपछि सकारात्मक उर्जा प्राप्त गर्दछ । फलस्वरुप मानिस फ्रेस र तेजिलो हुने गर्दछ ।
भागवानमा विश्वास राख्ने मानिस, नियमित पूजा–पाठमा शरिक हुने र धार्मिक आयोजनाहरुमा खुसी भएर भाग लिने मानिसहरुको आफ्नो व्यवसायिक जीवनमा बढि सफल हुने उक्त अनुसन्धानले निष्कर्ष निकालेको छ । यस्ता व्यक्तिहरु आफ्नो मालिकको नजरमा राम्रो छवि बनाउन सफल हुने र आफ्ना सहकर्मीहरुसँगको सम्बन्ध राम्रो हुने बताएको छ । साथै भगवानलाई दैनिक पुजा गर्ने मानिस मानसिक रुपमा पनि स्वस्थ हुने गर्दछ जसले जीवनमा धेरै काममा सफल हुन मद्दत पु¥याउँछ ।

Share on Google Plus

About rita lama

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment