साँगाचोक (सिन्धुपाल्चोक), जेठ १३
यहाँका बासिन्दालाई भूकम्पले घर लगेको चिन्ता छैन तर पानीको धारा सुकेपछि चिन्ता हुन थालेको छ । गत वैशाख १२ गते गएको भूकम्प र वैशाख २९ गते आएको शक्तिशाली पराकम्पनबाट घरबारविहीन साँगाचोकवासी यतिबेला एक गाग्रो पानीका लागि घन्टौँ लाइन बस्न बाध्य भएका छन् । जनसङ्ख्याको हिसाबले सिन्धुपाल्चोकको सबैभन्दा धेरै बासिन्दा भएको गाविसमा यतिखेर भूकम्पका कारण पानीका मुहान सुकेका छन् । साँगाचोक गाविस वडा नं ३ र ४ मा रहेका ४७५ धुरीले प्रयोग गर्दै आएका मुहानमध्ये एउटा सुकेको र र अर्को मुहानमा पनि पानी कम आएका कारण पानीको हाहाकार बढेको स्थानीयवासी यमबहादुर गिरी बताउछन् ।

विसं २०४० मा राष्ट्रिय योजनामार्फत लप्से मुहानको पानी ल्याएर प्रयोग गरिएको भए पनि पछि पानीको अभाव हुन थालेपछि चुलथुम्कीबाट पानी ल्याएर प्रयोग गरेको तर अहिले पानी सुकेर गाउँ बस्न अप्ठ्यारो भएको गिरीले बताए । उनी भन्छन् – “लप्सेको पानी सबै सुक्यो, चुलथुम्कीको पानी चार भागको एक भाग मात्र आएकाले समस्या भएको छ ।” यस्तै कोटथोक तीन साँगाचोकका अर्जुनराज गिरी बारम्बार यसरी नै पानी सुक्दै गयो भने बस्ती नै सार्नुपर्ने हो कि भन्ने चिन्ता व्यक्त गर्छन । सधैँजसो एक पाइप पानी आउने धारामा अहिले आधा पाइप मात्र पानी आएको र आएको पानी पनि जमिनले सोस्ने हुनाले सञ्चय गर्न गाह्रो परेको उनले बताए । उनले भने – “भूकम्प आउनुपूर्व ४५ धारामा पानी आउँथ्यो र एक घरले १५÷२० गाग्री पानी थाप्न पाउँथ्यो तर भूकम्प आएपछि पानी सुकेर एक गाग्री पानी थाप्नसमेत पाएका छैनौँ । ” स्थानीयवासी नन्दे सुनारले धारामा आएको पानी ट्यांकीमा जम्मा गर्ने गरेको र त्यहाँबाट दिनको एक पटक गाउँका सबै जनालाई बोलाएर बराबर भाग लगाउने गरेको बताए । “बत्ती, यातायातको सुविधा सबै छ तर पानीका लागि बस्ती नै उठाउनुपर्ने हो कि भन्ने चिन्ता बढेको छ”– सुनारले भने । भूकम्पले तहसनहस पारेको उक्त गाउँमा तीन दिनपछि वैशाख १५ गते गाउँ बाहिर बसेका स्थानीयवासीको सक्रियतामा केही राहत पुगेको थियो भने वैशाख १७ गतेदेखि मात्र विभिन्न सङ्घसंस्थामार्फत राहत सो गाउँमा पुगेको कमल गिरी बताउँछन् । “हालसम्म यस गाउँमा १० सङ्घसंस्थाले राहत बाँडिसकेका छन् ।” सो गाउँमा ‘पहिलो प्रेम नेपाल’ नामक गैरसरकारी संस्थाले हप्ताको एक दिन सोमबार चामल, नुन, तेल, चिनी, चियापत्ती, गेडागुडीलगायत सामग्री बाँड्ने गरेको गिरीले बताए । संस्थाले तत्काल मृतक तथा एकल महिलाका लागि बस्ने घरटहरासमेत निर्माण गर्दै आइरहेको स्थानीयवासी बताउँछन् । सो गाउँमा सोमबार जर्मनीमा बसेका नेपालीबाट उठाएर पठाएको रकमबाट किनिएको सामग्री नारी सङ्कल्प बचत तथा ऋण सहकारी संस्थामार्फत वितरण ग¥यो । भूकम्पले सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकमा जन्मेर जर्मनीमा बसोबास गर्दै आएका सिन्धुपाल्चोकवासीबाट सङ्कलित राहत सिन्धुपाल्चोककै इन्द्रकुमार गिरीमार्फत बाँडिएको हो । भूकम्पमा परी एक सय ७० जनाको त्यहाँ निधन भएको र तीन सयभन्दा बढी घाइते भएका थिए ।
0 comments:
Post a Comment