अव पनि आफै नगरे हामी सबै मगन्ते बन्छौ- प्रचण्ड

एकीकृत माओवादीका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले अव पनि आफै गर्नु पर्छ भन्ने चेत नआए नेपाली जनता मगन्ते बन्ने चेतावनी दिएका छन् । भूकम्पले विनाशसँगै राष्ट्र निर्माणको अवसर पनि दिएको भन्दै प्रचण्डले अव आफै देश बनाउँछौं भन्ने अठोट गर्नु पर्ने बताए /
पार्टीको राष्ट्रिय पूननिर्माण अभियान अन्तर्गत भूकम्पले तहस नहस भएको सिन्धुपाल्चोको साँगामा एक विद्यालय बनाउन पुगेका प्रचण्डले यस्तो बताएका हुन् ।

उनले आफैले खनेर एक बाँसको खाँबो गाड्नुका साथै विद्यालय निर्माणको शिलन्यास समेत गरे ।
प्रचण्डले भने- बैदेशिक सहयोग जसरी आउँछ त्यसरी नै स्वीकार गर्‍यौं र विदेशीको मात्र मुख ताक्ने बानी पर्‍यो भने मगन्ते हुन्छौं । हामी आफै गर्न सक्छौं । गर्न तत्पर बनौं ।
प्रचण्डले आज देखि तत्कालीन राहत तथा पुनस्थापनाका लागि राष्ट्रिय अभियान शुरु भएको र यो अभियान सिन्धुपाल्चोको साँगा चोकमा जनजागृति उच्च माविको भवन सिलन्यास गर्दै शुरु भएको उद्घोष गरे ।
प्रचण्डले शिलन्यास गरेको भवन १३ कोठे तर अस्थायी खालको बनाइने छ । उनले यो विद्यालयको निर्माण तत्कालीन पीडा कम गर्नका लागि मात्र गरेको बताए ।
फाइल तस्विर
उनले विपत्ति पछि राष्ट्रिय अभियान यतिको अहिले जस्तो कहिले पनि नभएको भन्दै सरकार र पार्टी एक र बलियो हुनु पर्ने बताए । उनले चेतावनीपूर्ण भाषामा भने- बलियो राष्ट्रिय एकता नभए राजनीतिक भूकम्प आउन सक्छ । बलियो राष्ट्रिय एकता र राज्य बलियो हुनु पर्छ । महिले भनेको कुरा ठूलो प्रगति र अथवा विनाशबाट राष्ट्र नै लोप हुने खतरा हुन्छ । तसर्थ विदेशीको धेरै मुख नताकौं । एक प्याकेट चाउचाउका लागि दिनभरी कुर्ने प्रवृत्ति बन्द गरेर आफै गर्नु पर्छ । भूकम्पलाई जित्ने गरी तयार हुनु पर्छ । भूकम्प आउने थाहा थियो । राज्यले केही गर्न सकेन हामी पनि दोषी छौं ।
प्रचण्डले अर्थशास्त्रीले आफूसँगको कुरामानीमा २ खर्व रुपियाँमा ५ लाख बटा ४ कोठाको पक्की घर बनाउन सकिने र दशैं अघि नै बनाउन सकिने बताएको भन्दै त्यसका लागि राज्य गम्भिर हुनु पर्ने बताए ।
उनले भनेः हामी हाम्रो खुट्टामा उँभिन सकेनौं भने राष्ट्रिय विकाश पनि हुँदैन आत्मसम्मान हुन सक्दैन । भारतीय प्रधानमन्त्री र चिनियाँ पक्षसँग त्रीपक्षीय साझेदारी गर्ने भन्ने कुरा आएको छ । यसबाट नेपालले फाइदा लिन सक्छ । बजेट स्थानान्तरण गरेर भएपनि सबै भूकम्प पीडितको राहत तथा पुनस्थापना हुनु पर्छ । ब्यवसायीलाई ब्याज मिनाहा । किसानलाई ऋण दिनु पर्छ । नयाँ नेपाल बनाउने अवसर हो । यसलाई अवसरकोरुपमा प्रयोग गरौं । कहिले प्रकृतिले विनाश गर्छ कहिले मान्छेले दुवै अवस्था भनेको अवसर हो ।
Share on Google Plus

About rita lama

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment