मोबाइल बिनाको संसार कल्पना गर्न गाह्रो छ। झन कम्प्युटर जस्तै शक्तिशाली तथा बहुउपयोगी स्मार्टफोनको उदयले यसको आवश्यक्ता र चाहना झनै बढाएको छ।
तर अनगिन्ती मोबाइल मध्ये कुनै चाँही राम्रो होला ? धेरैको मनमा यस्तै प्रश्न हुन्छ। हुन त आफ्नो आवश्यक्ता र बजेटले नै धेरै कुरा निर्धारण गर्दछ। तर मोबाइलका फिचर अनि नयाँ नयाँ मोडलहरुले झन आकर्षित भने नगर्ने होइन। राम्रो फोनको छनोटले धेरै कुरा सहज पार्ने गर्दछ। त्यसका लागि पनि राम्रा फोनको कुन कुन हुन थाहा पाउन जरुरी हुन्छ।
विश्वमा अहिले चलेका केहि मोबाइहरुबाट प्रयोग भएको प्रविधि, स्क्रिन रिजोलुसन, क्यामेरा, ब्याट्री, स्टोरेज क्षमता तथा डिजाइन आदिलाइ ध्यानमा राखेर १० उत्कृष्ट मोबाइलहरु छानी तल प्रस्तुत गरिएको छ।
नेक्सस सिक्स (Nexus 6)
गुगलको सबैभन्दा राम्रो मोबाइल अनि गुगलले बनाएको मध्ये आकारमा सबैभन्दा ठुलो मोबाइल हो नेक्सस सिक्स। एन्ड्रोइड ५ अपरेटिङ सिस्टम इन्स्टल्ड छ यसमा। २५६०X १४४० रिजोलुसन सहित ५.९६ इन्चको स्क्रिनले यसलाई गुगलको सबैभन्दा ठुलो आकारको मोबाइलको दर्जा दिएको हो। यसमा ३ जीबी र्याम अनि ३२/६४ जीबीको स्टोरेज क्यापासिटी छ। क्यामेरा १३ मेगापिल्सल अनि फ्रन्ट क्यामेरा २ मेगापिक्सलको छ यो मोबाइलमा। यसमा ३,२२० मिली-एम्पिर-आवर्सको ब्याट्री प्रयोग गरिएको छ।
सोनी एक्पेरिया जेडथ्री (Sony Xperia Z3)
ब्याट्रीले लामो समय साथ दिने यो मोबाइलमा एन्ड्रोइड ५ अपरेटिङ सिस्टम इन्स्टल्ड छ। १९२०X१०८० स्क्रिन रिजोलुसन सहित ५.१५ इन्चको स्क्रिन छ। क्यामेरा अनि म्युजिक सिस्टममा पहिल्लै देखि नाम चलेको यो मोबाइलमा २०.७ मेगापिक्सलको क्यामेरा झनि फ्रन्टमा २.२ मेगापिक्सलको क्यामेरा छ। यसमा ३,१०० मिली-एम्पिर-आवर्सको ब्याट्री प्रयोग गरिएको छ। साथै ३ जीबी र्याम अनि १६/३२ जीबीको स्टोरेज क्यापासिटी पनि छ।
आईफोन सिक्स प्लस (iPhone 6 Plus)
यो स्मार्टफोन एप्पलको पहिलो ठुलो स्क्रिनको फोन हो। आई वोएस ८ अपरेटिङ सिस्टम इन्स्टल्ड यो फोनमा अप्टिकल इमेज स्टेबलाइजेसन प्रविधि सहितको ८ मेगापिक्सलको क्यामेरा छ, जसले तस्बिरहरु चहकिलो अनि अझ प्रष्ट देखिन्छन्। महगोँ फोनहरुको सुचीमा पर्ने यो मोबाइलमा १.२ मेगापिक्सलको फ्रन्ट क्यामेरा अनि २,९१५ मिली-एम्पिर-आवर्सको ब्याट्री प्रयोग गरिएको छ। १ जीबी र्याम छ भने १६/६४/१२८ जीबीको स्टोरेज क्यापासिटी छ यो मोबाइलमा।
सामसुङ ग्यालेक्सी नोट फोर (Samsung Galaxy Note 4)
सामसुङको यो फ्याबलेटमा AMOLED प्रविधि र QHD रिजोलुसनले यसको डिस्प्ले अति उत्कृष्ट बनाएको छ। एन्ड्रोइड ५ अपरेटिङ सिस्टम इन्स्टल्ड यो फ्याबलेटमा २५६०X१४४० रिजोलुसन सहितको ५.७ इन्चको स्क्रिन छ। ३ जीबी र्याम, ३२ जीबी स्टोरेज क्यापासिटी अनि रिमुभेवल ३,२०० मिली-एम्पिर-आवर्सको ब्याट्री प्रयोग गरिएको छ यसमा। फ्रन्ट क्यामेरा ३.७ मेगापिक्सल सहित १६ मेगापिक्सलको क्यामेराले यसलाई धेरै फिचर भएको फोन भन्दा फरक नपर्ला।

0 comments:
Post a Comment