न्यायाधीश हुँदा हजारौ फैसला गरेँ, मरणको फैसला आज गर्दैछु, कार्यान्वय अहिले नै हुनेछ

काठमाडौं । ‘न्यायाधीश हुँदा हजारौं निर्णय गरें, मरणको अन्तिम निर्णय अहिले गर्दैछु, जसको कार्यान्वयन आजै हुने छ,’ सर्वाेच्च अदालतका पूर्वन्यायाधीश भरतराज उप्रेतीले सोमबार मध्यरात सुसाइट नोटमा लेखे ‘नेपाल बारको राष्ट्रिय सम्मेलनले लिएको सर्वोच्चका अस्थायी न्यायाधीशसमेतले च्याम्बर प्राक्टिस गर्न नपाउने निर्णयबाटै मन मरिसकेको थियो । मरेको मनले बोकेको भौतिक शरीरको काम पनि देखिएन ।’
चार बर्ष सर्वाेच्च अदालतको अस्थायी न्यायाधीश भएर हजारौ न्यायीक फैसला दिएका उप्रेतीले सोमवार मध्यरातमा आफ्नै मृत्यूको फैसला लेखे ।  सुसाइड फैसलामा लेखे जस्तै तत्कालै कार्यान्वयन पनि गरे । आत्महत्यालाई स्वच्छिक बताएपनि नेपाल वारदेखि सरकार सञ्चालकको पक्षपाती ब्यवहार उप्रेती देहत्यागका कारण बनेका छन् ।  प्रेस काउन्सिलका सदस्य तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले आफ्नो फेसबुक पेजमा उनको सुसाइट नोट उर्दित गर्दै लेखेका छन् ‘पक्षपातपूर्ण ब्यवहारले एक निडर स्तम्भको अन्त्य भयो ।’
उनले बाग्मती नदी सफाईदेखि नेपालबारले आफुलाई इजलास प्रयाक्टिसमा लगाएको रोकसम्मलाई सुसाइड नोटमा उल्लेख गरेका छन् । जिवित हुँदा राज्य सञ्चालकबाट बहिष्कारमा परेको दुनियाँलाई देखाउन उनले मृत शरिर राज्यलाई नै सुम्पेर गतिलो झापट दिएका छन् । ‘मलाई बाग्मतिमा नसेलाउनु, झोलामा ५ लाख राखिएको छ । खर्च गरेर बचेको रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषलाई दिनु’ सुसाइड नोटमा उनले लेखेका छन् ‘मेरो मृत शरीरले टिचिङ्ग हस्पिटलमा ठाउँ पाए राम्रो, नपाए त्यस्तै कुनै शिक्षण अस्पताललाई दिनु । सबै नेपालीको जय होस् ।’ उनले सुसाइड नोटमा लेखे अनुसार परिवारले उनको शव त्रिवि शिक्षण अस्पतालमा बुझाएका छन् ।
चार बर्षसम्म सर्वाेच्च अदालतको न्यायाधीशमा अस्थायी सेवा गरेका उप्रेतीले स्थायी हुन नपाएपछि चार बर्षअघि आक्रोसित हुँदै राजीनामा दिएका थिए । तत्कालिन न्यायिक नेतृत्वप्रति गुनासो गर्दै उनी सर्वाेच्च अदातलबाट बाहिरिएका थिए । उनीभन्दा केही समयपछि बाहिरिएका अन्य न्यायाधीशहरुलाई सरकारले कुनै न कुनै संबैधानिक पदमा नियुक्त गरेको छ तर उनी भने २०४४ सालमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङसँग मिलेर खोलेको पाइनीयर ल फममा काम गर्दै आएका थिए । ल फाममा काम गरेपनि वकालत गर्न नेपाल वार एशोसिएनले बन्देज लगाएपछि उनी निकै दुखी थिए ।

Share on Google Plus

About rita lama

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment