नेपाली यसरी भावुक ढंगले एक भएको मैले यसअघि देखेकी थिइनँ । हुन त ठूलाठूला आन्दोलनमा नेपाली एक भएका थिए । तर, त्यस्ता आन्दोलनमा पक्ष र विपक्ष भन्ने हुन्छ । सरकारले दबाउने भन्ने हुन्छ । हामीमा केही बाझिएका कुरा होलान् । तर, यो विपतका बेला भने सारा नेपाली मात्र नेपाली भएर एक भएको मैले पाएँ । त्यस्तै, नेपाली विश्वसँग प्रतिस्पर्धा गर्दा पनि एक भएको देखेकी छु । अझ नेपाली मूलका प्रशान्त तामाङलाई इन्डियन आइडल बनाउन नेपाली एक भए । यस्ता केही उदाहरण छन् । त्यसैले जो–जहाँ भए पनि हामी नेपालीमा एकता छ । तर, हामी कताकता भौँतारिइरहेका थियौँ । अहिले हामीलाई यो भुइँचालोले जोडेको छ । सिन्धुपाल्चोकको तल्लो हबेली भन्ने ठाउँमा मेरो मामाघर पर्छ । सानोमा म मामाघर जान्थेँ । ऐँसेलु टिपेर खान्थेँ । धुमिल सम्झना धेरै छन् । अहिले जाँदाजाँदै त्यही गाउँसम्म राहत बाँड्न पुगेँछु । त्यहाँका मेरा नातेदार पनि भुइँचालोमा पर्नुभएको रहेछ । जाँदाजाँदै बाटोमा मलाई कसैले यो खबर सुनायो । यो चोट एकातिर थियो । एकजना लोग्नेमान्छे, जो मभन्दा पाको हुनुहुन्थ्यो, मेरो छेउमा आएर भन्नुभयो, ‘यो तिम्रो मावलीगाउँ हो । तिमी यो गाउँमा खेल्थ्यौ, डुल्थ्यौ । फेरि तिमी यहीँ गाउँमा आउन भुइँचालो नै आउनुपर्ने ? ऊ त्यो पुलसम्म गएर एकचोटि आफ्नो मावलीगाउँलाई हेर है ।’ उहाँको त्यो भनाइ मेरो मुटुमा लाग्यो । मर्माहत नै भएँ । आफूलाई स्वार्थी पनि सम्झेँ । राहत वितरण कार्यक्रम थियो । त्यही बेला मेरो बोल्ने पालो आयो । तर, मलाई बोल्न गाह्रो भयो । म रोएँ । यसरी मानिसहरुका माझमा म दुई–तीनपटक रोएकी छु । उहाँको त्यो भनाइमा निश्चय नै माया र रिस दुवै थियो । आफ्नो मावलीगाउँलाई चटक्कै भुली भनेर रिसले नै उहाँले त्यसो भन्नुभएको होला । मलाई पनि लाग्यो, म धेरै स्वार्थी भएँ छु । यत्तिका वर्षसम्म त्यो गाउँलाई भुलेँछु । उहाँको त्यो भनाइले मलाई धेरै नै भावनात्मक पीडा दियो । हामी नेपालीका लागि नाता भन्ने कुरा धेरै ठूलो हो । यसमाथि नेपाली–नेपालीको नाता र एकता जुन देख्न पाइन्छ, यसले साह्रै आनन्द मिल्दो रैछ । अहिले एउटा नेपालीले अर्को नेपालीलाई सकेको सहयोग गरिरहेको देखियो । स्वतस्फूर्त रुपमा युवाहरु राहत बाँड्न पुगे । देश–विदेशका नेपालीले सहयोग रकम उठाइरहेका छन् । हामीमा भाइचारा कत्तिको छ, एउटा नेपालीलाई विपत् पर्दा अर्को नेपालीले कत्तिको मद्दत गर्छ त ? त्यो अहिले देखिएको छ । यो नै हामी सबैको आशाको किरण हो । अहिले नेपालीमा मैले अद्भूत सहयोगी भावना देखेँ । यो एकता र सहयोगी भावनालाई देश निर्माणमा लगाउनुमा खै के समस्या हो ? त्यसलाई सरकारले नै पत्ता लगाउनुपर्छ
एउटा सानो चिज हामीसँग छ र त्यो चिज हरायो भने हामी कति चिन्तित हुन्छौँ । अहिले त धेरैको घरबासै उठेको छ । मान्छेको घरसँग अर्कै नाता र भरोसा हुन्छ । घर जस्तो र जत्रो होस्, कतै टाढा जाँदा घरकै याद र चिन्ता हुन्छ । मान्छेले दिनभरि घर छाडेको छ भने पनि भरे घरै फर्कने चिन्ता हुन्छ । घरै गुमेका बेला मानिस खुसी हुन गाह्रो छ । अहिले हामी नेपाली मानसिक रुपमा केही हताश नै छौँ । अझै पनि भुइँचालोकै डर छ । यसअघिको क्षतिको पीडा पनि छ । तर, मान्छेहरु सधैँ निराश र हताश भए भने दुनियाँ चल्दैन । यो संसार आशा र उत्साहकै उपज हो । मैले कतै पढेकी थिएँ, जापानको कुरा हो । एउटा ठूलो भुइँचालोले धेरै क्षति गरेछ, तर उनीहरुले तेस्रो दिनदेखि त्यसको बारेमा कुरा गर्न छाडेछन् । किनभने दुःखको कुरा दोहोर्याइरह्यो, सम्झिरह्यो भने झनै मानसिक दुःख थप्छ । यसो भन्दैमा आफूमाथि परेको दुःख भुल्न त गाह्रो छ । तर, हामीले त्यस्तो माहोल बनाउनुपर्छ । किनभने, विगत र विपत हाम्रो वशको कुरा होइन । फेरि हामीले सिक्ने विपत र विगतबाटै हो । अठोट र आशा लिएरै हामी अघि बढ्ने हो । म फिल्म इन्डस्ट्रीको मान्छे, यो दुःखमा फिल्म नै खेल्दिनँ भनेर हुँदैन । मेरो पेसा नै यही हो भने मैले पेसागत धर्म निभाउनैपर्छ । अहिले हामीमा विपत आइलाग्यो । यो विपतमा, निराशामा केही आशा जगाउने फिल्म बनाउन सकिन्छ । अथवा, फिल्मकर्मीहरु केही राहत पुग्ने अभियानमा सरिक हुन सक्छन् । त्यसैले हामी धेरै दिन निराशामा बसेर पुग्दैन । अब हामी आशावादी भएर सामान्य जीवनमा फर्कनैपर्छ । हाम्रा घर–संरचना कमजोर थिए र भुइँचालोले भत्कायो । अब यसबाट हामीले सिक्नुपर्छ, सतर्कता अपनाउनुपर्छ, र पीडालाई भुलेर केही राम्रो गर्ने अठोट गर्नुपर्छ । यस्तो प्राकृतिक विपतमा सरकारलाई दोष दिनु मात्रै जायज होइन । अब तत्कालै अस्थायी बसोबास अति आवश्यक छ । राहत दिन त सहयोगी हात बढे । त्यसमा पनि सबैले आ–आफैँ गरे । सरकारले सामान्य गाइड गरेको पनि देखिएन । अब यो अस्थायी बासका लागि पनि युवाहरु काम गर्न चाहन्छन्, तर कसरी काम गर्ने त ? यसमा सरकारले गाइड गर्नुपर्छ । व्यवस्थित गर्नुपर्छ । सरकारी निकायबाट सबैभन्दा प्रशंसनीय काम भएको सेना–प्रहरीबाटै हो । सेना–प्रहरी उद्धारमा दिन–रात खटिएको पाइयो । सेना–प्रहरी वास्तवमै धन्यवादका पात्र छन् । हाम्रो रेमिट्यान्सले चलेको देश हो । धेरै युवा रोजगारीका लागि विदेशमा छन् । अहिले केही गाउँमा राहत बाँड्न जाँदा पनि मैले यो महसुस गरेँ । सबैतिर महिला, केटाकेटी छन् । युवाको जमात निकै कम देखिन्छ । चारवटा खम्बा गाडेर टहरो बनाउन चारजना मान्छे भए भने छिटो हुन्छ । त्यसैले यो बेला देशलाई युवा जनशक्ति आवश्यक छ । अब बर्खा लाग्न थाल्यो । घरबास गुमाएकाहरुलाई तत्कालका लागि अस्थायी बास चाहिन्छ । यस्तोमा देशैभरिका युवाले श्रमदान गर्न सक्छन्, गर्न चाहिरहेको पनि देखिएको छ । पार्टीहरु त अस्थायी बसोबास निर्माण लागिसकेका छन् । जो पार्टीबाट नभएर स्वस्फूर्त रुपमा समूह बनाएर आउन चाहन्छन् । उनीहरुलाई कसरी परिचालन गर्ने भनेर सरकारले नै सोच्नुपर्छ । मैले कतै पढेकी थिएँ– बेलायत, अमेरिकाको इतिहासका कुरा । त्यहाँको इतिहासमा परिवारबाट एकजना सेनामा जानैपर्ने नियम पनि बनाइएको रहेछ । किनभने देश बनाउने, जोगाउने कुरा थियो । पहिले–पहिले म सानै हुँदा सुन्थेँ–देख्थेँ, हाम्रा पहाडमा सडक खन्नका लागि घरबाट एकजना जानैपर्ने हुन्थ्यो । त्यो बेला हरेक घरबाट कुटो–कोदालो बोकेर सडक खन्न गएको मैले पनि देखेकी थिएँ । त्यो राम्रो थियो । विकास त सबै जनतालाई चाहिन्छ । अहिले हाम्रोमा भुइँचालोले क्षति गर्यो । यसमा थुप्रै म्यानपावर चाहिन्छ । अहिले सरकारले हरेक घरका युवालाई श्रमदानका लागि बोलाउँछ भने, यसमा सबैले साथ दिन्छन् जस्तो मलाई लाग्छ । अहिले नेपालीमा जुन एकता र सहयोगी भावना देखिएको छ, त्यसले यही देखाउँछ । मलाई लाग्छ, सरकारले यसैका लागि एक प्रकारको सिस्टम, मेकानिजम् बनाएर अघि बढ्नुपर्छ । यो विनाशले हामीलाई केही अवसर पनि दिएको छ । पुरातात्विक संरचनादेखि परम्परागत शैलीले बनाइएका घर भत्केका छन् । हामीले अब भुइँचालोले नभत्काउने खालका आधुनिक घर बनाउनुपर्छ । भुइँचालोले यो चेत सबैलाई दियो । अब विकास निर्माण जथाभावी गर्न हुँदैन । अब हामीले बस्ती बसाउँदा, सहरको विकास गर्दा ध्यान दिनुपर्छ । अहिले क्षतिको पीडा एकातिर छ । योसँगै तहसनहस भएको ठाउँमा निर्माणको विकल्प हुँदैन । एकैचोटि पूरै देशमा आधुनिक बलिया घर बनाउन त नसकिएला । घर गुमाएकाहरुमा कति निकै गरिब पनि हुनुहोला । त्यसैले उहाँहरुका लागि साना, सस्ता र बलिया घर अहिलेको आवश्यकता हो । सरकारले पनि घर बनाउन ऋण, राहत दिने कुरा गरेको छ । सरकारले सबैलाई हेर्नैपर्छ । हाम्रो देश भूकम्पीय जोखिमको क्षेत्र हो । हामी भूकम्पदेखि टाढा छैनौँ । त्यसैले देशभरि नै बलिया घर–संरचनाका लागि अब सरकारले नै सोच्नुपर्छ । सरकारले एक्लैले नसक्ला । यसमा सबैको सहयोग चाहिन्छ । विदेशले पनि सहयोग दिइरहेकै छन् । जेहोस्, हामी आशावादी हुनुपर्छ । अब राम्रो हुन्छ । वास्तवमा सरकारले पहिले नै सोच्नुपर्ने हो कि कहाँ कस्तो प्रकारको बस्ती बसाउने भनेर । तर, त्यस्तो पाइएन । कति ठाउँ पहिरोको जोखिममा छन् । हरेक वर्षजसो हाम्रा कति गाउँबस्ती बाढी पहिरोमा पर्छन् । तर, पनि सरकार सचेत भएको पाइएको छैन । कतै अव्यवस्थित सहर बस्दै छन् । यस्तोमा सरकारले अब ध्यान दिनुपर्छ । सरकारले अनुसन्धान गरेर बस्ती बसाउनुपर्छ । सहरमा कस्तो घर बनाउने भन्ने नीति ल्याउनुपर्छ । मलाई त लाग्छ, हाम्रो सरकारको होल सिस्टम नै चेन्ज गर्नुपर्छ । यति अव्यवस्थित ढंगले सहरमा घर बनेका छन्, कि अचम्म लाग्छ, कसरी नक्सापास गरे होलान् ? अहिले सरकारले यो चेत पाएको छ । अब राम्रो गर्ला भन्ने आशा गरौँ ।
कलाकारको भूमिका
अहिले भर्खरै म एउटा छलफलबाट निस्कँदै छु । नयाँ पत्रिकाले आयोजना गरेको छलफलको विषय थियो— पुनर्निर्माण र जागरणका लागि कलाकार र दलका नेताबीच फुटबल म्याच गर्ने, कलाकर्मीलाई साथमा लिएर देशैभरि कन्र्सट गर्ने । उहाँहरु गर्न लागेको अभियान मलाई मन पर्यो । यो निकै प्रशंसनीय कार्य हो । यस्ता धेरै अभियानमा म सरिक हुन चाहन्छु । एउटा कलाकर्मी उभिएर, हाँसिदिएर, आफ्नो कला–प्रतिभा देखाएर मानिसहरुले सहयोग दिन्छन् भने म तयार छु । म यो गरिरहेकी पनि छु । अहिले वास्तवमा म ठूलो माग्ने भएकी छु । योबीचमा मैले के महसुस गरेँ भने, मानिसहरु कलाकारको बोलीलाई विश्वास गर्दा रहेछन् । हामी कलाकारले सहयोग जुटाउने काममा सहयोग गर्न सक्छौँ । तर, हामीलाई सरकारले भनौँ, अथवा कसैले पनि व्यवस्थित ढंगले लगाइरहेको छैन । हामी आ–आफैँ सहयोगी मनले अघि बढ्यौँ । मैले त सुरुमा केही मेसै पाइनँ । सुरुमा चाउचाउ, चिउरा, दालमोठ लिएर गइयो । त्यसपछि बासको कुरा आयो । पाल चाहियो । अनि, अब अस्थायी बसोबास र पुनर्निर्माण गर्नुपर्ने छ । यसमा सरकारले वा कुनै संघसंस्थाले आग्रह गर्छ, भने म तयार छु । यो बेला हरेकले आफूले जे सक्छ, त्यही सहयोग गर्ने हो । म फिल्मकर्मी हुँ, यो विपतमा देशलाई सहयोग गर्न म तयार छु । र, नेपाली फिल्मकै कारण चिनिएँ । अब फिल्म क्षेत्रमै निरन्तर लाग्नेछु ।

0 comments:
Post a Comment