नेपालकी चर्चित नायिका प्रियंका कार्कीले नाँच्दा खेरीको सबै भन्दा नरमाइलो पल भनि सार्वजनिक गरेकी छिन् । लण्डनमा ‘गैरी खेतको सिरै हाल्यो’ गीतमा नाच्दा खेरि जीवनमै सबै भन्दा नरमाइलो लागेको तर पनि कर्तब्य र दाइत्व सम्झेर नाँचेको उनले सामाजिक सञ्जालमा लेखेकी हुन्।भुकम्प पिडितलाई राहत संकलनका लागि प्रियंका लण्डन गएकी थिइन्।
निकै भावुक भएर उनले लेखेका शब्दा यस्ता छन्,
-‘ओठमा हासो त थियो तर मनमा पीडा। शरीर त नाच्दै थियो तर मन नाचेन। नेपाल र नेपालीहरुलाइ मनमा राख्दै ‘गैरी खेतको सिरै हाल्यो’ भन्दै लन्डनमा नृत्य प्रस्तुत गरे। शायद जिवनमा नाच्दा खेरी यति नरमाइलो कहिले लागेको थिएन होला। तर पनि गरे। मेरो कर्तव्य ठानेर, मेरो दाइत्व ठानेर। च्यारिटी बक्स् घुमायौ र अन्त्यमा नेपाल आउने बेला सम्म ५ लाख उठाउन सफल भयौ।
हो पाच लाख धेरै ठूलो रकम न होला, तर नेपालमा आफै खटेर यदि ३-४ परिवारलाइ घर बनाइदिन सके, ३-४ बाल बच्चाहरुको ओठमा हासो ल्याउन सके, ३-४ परिवारलाई न्यानो लुगा र २ छाक खान दिन मात्र पनि सके भने, संसार नै जितेको झै महसुस गर्नेछु।
नेपालको लागि हामी नेपाली…’
नेपालको लागि हामी नेपाली…’
0 comments:
Post a Comment