विवेकशील नेपाली दलको अग्रसरतामा आज महाबिनाशकारी भुकम्पको ३०औ दिन, ११:५६ बजे सुन्धारास्थित धरहरा परिसरमा नेपाल बनाउने दृढ राष्ट्रिय संकल्प लिने कार्यक्रम सम्पन्न गरियो l समाजका विभिन्न तह र तप्काका
महानुभावहरुको उपस्थितिमा राष्ट्रियगानबाट सुरु भएको कार्यक्रममा
विवेकशील - भुकम्प रेस्पोन्स कार्यदलका संयोजक श्री सिमोन ढुंगानाले
राष्ट्रिय संकल्प वाचन गर्नुभएको थियो र उपस्थित सबैले संगसंगै वाचन
गरेका थिए l सोहि कार्यक्रममा धरहरालाई नौ होइन, १८ तल्लामा पुन:निर्माण

गरिनुपर्ने र अवको नेपालको नेतृत्व पुरुषले नभई महिलाले पनि लिन सक्ने
बताइएको थियो l
[राष्ट्रिय संकल्पको पूर्ण पाठ यस प्रकार छ: - "म नेपाललाई साथ दिन्छु।
म नेपाललाई बनाउँछु। म नेपाललाई विश्व सामु चम्काउछुँ । म आफै नेपालको
प्रतिबिम्ब बन्छु।”]

त्यसपछि उपस्थित महानुभावहरु मानव साङ्ग्लो बनाई धरहरा परिसर वरिपरि घेरा बनाएर उभिएका थिए l स्वतस्फुर्त रूपमा भेला भएका र बाटो हिड्ने
बटुवाहरुले पनि नेपालको झन्डा बोकेर अभियानमा एक्यबद्दता जनाएका थिए l
कार्यक्रममा युवा, विद्यार्थी, गैह्र आवासीय नेपाली, समाजसेवीहरुको करिब
२ हजारको उपस्थिति थियो l स्वदेशी एवं विदेशी संचारमाध्यमका प्रतिनिधिहरु
पनि उल्लेख्य संख्यामा उपस्थित थिए l
बैसाख १२ गतेको भुकम्प लगत्तै विवेकशील नेपालीका स्वयंसेवकहरुले सुरु
गरेको उद्दार र त्यसपछि राहतको कार्यक्रम अहिले सम्म पनि जारी छ l
हालसम्म ६००० भन्दा बढी घरधुरीलाई राहत वितरण र २२० भन्दा बढी स्वास्थ्य टोलिहरु परिचालन गरि भुकम्प प्रभावित बिकट स्थानहरुमा सेवा पुर्याईएको छ l

0 comments:
Post a Comment