दिनभर विद्यालय निर्माणमा जुटेका एमाओवादी स्वयमसेवकद्वारा आत्महत्या -

UCPN Maoist Cadre Suicide
काठमाडौँ, १६ जेठ ।
१२ वैशाखमा गएको विनाशकारी भूकम्पले आहत नागरिक सामान्य जनजीवनमा फर्किन प्रयास गर्दैछन् । तर कतिपय ठाउँमा राम्रो काउन्सिलिङ नहुँदा मानिस उस्तै निरास छन् । डिप्रेसनको सिकार भएका छन् ।
यसै क्रममा सिन्धुपाल्चोकमा घरटहरा निर्माण अभियानमै जुटेका एकीकृत नेकपा माओवादीका स्वयमसेवकले नै आत्महत्या गरेका छन् । शुक्रबार दिनभर भद्रकाली उच्चमाविमा निर्माण कार्यमा जुटेका स्वयम्सेवक भीमसेन राउतले आत्महत्या गरेका हुन् । उनी मानेस्वाराँका हुन् । भूकम्पपछि परिवार त्यहाँ बस्न नसकिने अवस्था भएपछि राउतका परिवार तराई झरेका छन् ।
एमाओवादीका युवा नेता तथा लेखक सरल सहयात्रीले आफ्नो फेसबुकमा लेखेका छन्ः यो भूकम्पले निम्त्याएको डिप्रेसनको परिणाम अरू कस्तो कस्तो देख्न पर्ने हो ? हिजो दिनभर भद्रकाली उमाबि निर्माणमा सँगै स्वयंसेवी बनेर खटेका दाजु भिमसेन राउतले स्वयमसेवक टोपी लगाएरै राति झुण्डिएर आत्महत्या गरेछन् । उनको परिवार केहिदिन अघि मानेश्वारामा बस्न नसकिने अनुमान गरी तरार्इतिर सरेको रहेछ ।
म आफ्नु गाउँ छाड्दिनँ भन्दै ९२ वर्षीय हजुरआमा र बुबाको साथमा टहरोमा बस्दै आएका थिए । दाजु, तपाईंले गलत निर्णय लिनुभयो । म आशा गर्छु, अरू कसैले यसको सिको नगरोस् । तपाइप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । – तस्बिर: सरल सहयात्रीको फेसबुकबाट
UCPN Maoist Cadre Suicide

Share on Google Plus

About rita lama

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment