गएराति भएको इन्डियन प्रिमियर लिग(आइपिएल) फाइनलमा चेन्नइ सुपर किङ्गसको हार जति चर्चामा रह्यो त्यो भन्दा धेरै ‘लाइम लाइट’ एउटी सुन्दरीले बटुलिन्।
मानिसहरू उनको सुन्दरताको काबु भए तर उनी को हुन् भन्ने धेरैको जानकारी बाहिर थियो। आइपिएल फाइनलमा उनी यति चर्चित भइनकि उनी ट्वीटरको ह्यास ट्यागमा ‘आइपिएलफाइनल’ पछि दोस्रो नम्बरमा रहिन्। उनी आएपिएलभरीकै सबभन्दा ‘क्यूटेस्ट गर्ल’ का रूपमा रहन पुगिन्।
उनी को हुन्?
सुन्दरताका कारण ट्वीट ट्रेन्ड बनेकी यी सुन्दरीको नाम राखी कपुर टण्डन हो। उनी पेसाले इन्भेष्टर व्याङ्कर हुन्। उनी भारतको चर्चित बैंक एस बैकका जन्मादाता एवम् सिइओ राना टण्डनकी छोरी हुन्।
२७ वर्षीय राखीले यूनिभर्सिटी अफ पेन्सेलभेनियाबाट एमबिए गरेकी छन्। रास हाउजिङकी प्रमोटर एवम् निर्देशक राखीलाई भारतको 'इन्डिया टुडे' पत्रिकाले भारतका सबैभन्दा प्रभावशाली २५ महिलाको सूचीभित्र राखेको छ।
कोलकातामा भएको आइपिएल फाइनलको दोस्रो इनिङमा टेलिभजन क्यामराले भिआइपी बक्समा रहेकी राखीलाई कैद गरेपछि उनी एकाएक चर्चित बन्न पुगिन्। ट्वीटरमा उनको सुन्दरताको कायल हुनेहरू भाइरल भए।
रविन्द्र जडेजाले उनलाई ट्वीटरमा आइपिएलकी ‘क्यूटेस्ट’ केटी भनेर ट्वीट गरे।
त्यस्तै एक प्रयोगकर्ताले ‘मलाई लाग्छ मैले मेरी भविष्यकी पत्नी भेट्टाए।’ यस्तै अर्का एक फ्यानले राखीबाहेक फाइनलको सम्झना योग्य कुनै कुरा नभएको ट्विट गरे।
यस्तै एक व्यक्तिले फाइनलको पुरस्कार वितरण समारोह अल्छी लाग्दो भएपनि राखी अत्यन्तै राम्री देखिएको लेखेका थिए।
राखीले छोटो समयमा पाएको चर्चा यस वर्षको आएपिएलको हिस्सा बन्न पुग्यो।
फाइनलको पुरस्कार वितरण समारोहको एउटा हिस्सा बनेकी राखी छोटो समयमा नै क्रिकेटको चम्किलो लाइमलाइटलाई पन्छाउँदै आफूतर्फ आकर्षित गरिन् र करोडौको दिलमा राज गर्न सफल भइन्।
भलै उनी विवाहित रहेको कुराले तुरुन्तै उनलाई मनमा बसाएका करोडौ धड्कनहरूलाई एउटा पीडा दियो।
0 comments:
Post a Comment