विपत्तिको मौका छोपेर बाइबल बाँड्ने क्रिश्चियनलाई नेपालीले लखेटे

काठमाडौं । महाविनाशकारी भूकम्पको विपत्तिमा नेपाली नागरिक छट्पटाइरहेको मौका छोपेर धर्म प्रचार अभियान चालाउँदै राहतको नाममा बाइबल बाँड्ने क्रिश्चियनलाई सर्वसाधारण नेपालीले लखेटेका छन् । एक बोरा चामलको लोभमा धर्म परिवर्तन गराउँने निकृष्ट खेलमा लागेका क्रिश्चियनका पादरीलाई नै रामेछापवासीले गाउँबाट लखेटेका हुन् । 
क्रिश्चियनले चर्चभित्र ढोका थुनेर कपनको साततले लगायत ठाउँमा निर्दोष सर्वसाधारणलाई मृत्युको मुखमा धकेलेको आरोप लगाइरहेका बेला राहतको नाममा धर्म प्रचारमा मस्त क्रिश्चियनलाई दोलखा, रामेछाप र सिन्धुपाल्चोकवासीले लखेटेका हुन् । गाउँगाउँमा एक बोरा चामल र एक कार्टुन चाउचाउ बाँड्दै हिडेका क्रिश्चियनलाई सर्वसाधारणले हत्याराको आरोप लागाएका छन् । 
साततलेस्थित चर्चमा नथुनेको मात्रै भए पनि त्यहाँ कम मानिसको ज्यान जाने थियो । भूकम्प आउँदा पनि ‘हामी प्रभुका भक्तलाई भूकम्पले केही गर्दैन’ भन्दै पादरीले नागरिकलाई थुनेका थिए । कपनको साततलेमा मात्रै भूकम्पका कारण कम्तीमा २३ जनाको ज्यान गएको थियो ।


 विपत्तिको मौका छोपी कृश्चियनले जबरजस्त धर्म परिवर्तन गराउँन थालेपछि सरकारले पनि उसलाई सचेत गराएको छ । तर, अटेर गर्दै अझै पनि चामलको प्रलोभनमा उनीहरु धर्मप्रचारमा व्यस्त छन् । चामलसँगै स्वास्थ्य केन्द्र स्थापना भन्दै विरामीको हातमा बाइबल थमाएर ‘स्वर्गको बाटो खुला छ’ भनेपछि रामेछापको मन्थलीमा तनाव भएको थियो ।
Share on Google Plus

About rita lama

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment